बागलुङमा जीप दुर्घटना, आठ जना घाइते

हिमाल प्रेस १८ मंसिर २०८२ १९:१४
18
SHARES
बागलुङमा जीप दुर्घटना, आठ जना घाइते

ढोरपाटन (बागलुङ)- बागलुङमा जीप दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। जिल्लाको बागलुङ नगरपालिका–८ सिगाना सेरामा आज (बिहीबार) दिउँसो साढे ४ बजे बरेङबाट बागलुङ बजारतर्फ आउँदै गरेको गाडी नम्बर ग ३ च ४८३४ नम्बरको जिप दुर्घटनामा परेको हो।

दुर्घटनामा परी चालक सुसान्त जिसीसहित प्रशान्त खड्का, सावित्री भण्डारी, विस्मिता भण्डारी, सपना भण्डारी, निशा भण्डारी, चन्द्र भण्डारी र झुपा भण्डारी घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक कमलजंग थापाले जानकारी दिए। घाइतेहरुलाई धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा ल्याइएको छ।

प्रकाशित: १८ मंसिर २०८२ १९:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast