विद्यालय व्यवस्थापन समिति गठन नगर्ने पालिकालाई अनुदान रोक्का गर्ने शिक्षामन्त्रीको चेतावनी

हिमाल प्रेस १७ मंसिर २०८२ १०:४८ | Wednesday, December 3, 2025
104
SHARES
विद्यालय व्यवस्थापन समिति गठन नगर्ने पालिकालाई अनुदान रोक्का गर्ने शिक्षामन्त्रीको चेतावनी शिक्षामन्त्री महावीर पुन

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विद्यालय व्यवस्थापन समिति गठन नगर्ने पालिकालाई संघीय अनुदान रोक्का गर्ने चेतावनी दिएका छन्।

विद्यालय व्यवस्थापन समिति गठन नगरी मनोमानी ढंगले विद्यालय सञ्चालन गर्ने पालिकाहरू रहेको बताउँदै पुनले बुधबार उक्त चेतावनी दिएका हुन्।

त्यस्ता पालिकाहरूलाई नियमानुसार तुरुन्त विद्यालय व्यवस्थापन समिति गठन गर्न सूचना जारी गरिएको पनि मन्त्री पुनले बताए।

मन्त्री पुनले भने,‘अन्यथा त्यस्ता पालिकाहरूको विद्यालयलाई आउने संघीय अनुदान रोक्का गरिनेछ। त्यस्ता पालिकाहरूको नाम संकलन भइरहेको छ। पीडित अविभावकहरूले पनि जानकारी दिन सक्नु हुनेछ।’

प्रकाशित: १७ मंसिर २०८२ १०:४८ | Wednesday, December 3, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast