शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा पाठ्यपुस्तक अनुगमन प्रतिवेदन माग

हिमाल प्रेस २८ मंसिर २०८२ १२:१५ | Sunday, December 14, 2025
26
SHARES
शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा पाठ्यपुस्तक अनुगमन प्रतिवेदन माग

काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइलाई विद्यालयमा प्रयोग भइरहेका पाठ्यपुस्तक तथा पाठ्यसामग्रीको अनुगमन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ।

केन्द्रका अनुसार शिक्षा नियमावली, २०५९ (संशोधनसहित) को नियम ३७ बमोजिम विद्यालयहरूले प्रयोगमा ल्याएका पाठ्यपुस्तक तथा पाठ्यसामग्रीको अनुगमन गर्नुपर्ने व्यवस्था छ। सोही प्रावधानअनुसार अनुगमन गरी तयार पारिएको प्रतिवेदन केन्द्रको इमेल [email protected] मा पठाउन आग्रह गरिएको हो।

शुक्रबार बसेको पाठ्यपुस्तक वितरण व्यवस्थापन अनुगमन केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको केन्द्रले जनाएको छ। बैठकको निर्णय कार्यान्वयनका लागि सबै शिक्षा विकास तथा समन्वय एकाइलाई पत्राचारमार्फत अनुरोध गरिएको हो।

प्रकाशित: २८ मंसिर २०८२ १२:१५ | Sunday, December 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast