गोल्फुटार चोकमा मोटरसाइकल दुर्घटनामा घाइते भएका चालकको मृत्यु

हिमाल प्रेस १५ पुष २०८२ १५:२९ | Tuesday, December 30, 2025
18
SHARES
गोल्फुटार चोकमा मोटरसाइकल दुर्घटनामा घाइते भएका चालकको मृत्यु

काठमाडौँ- बूढानीलकण्ठ नगरपालिका-७ गोल्फुटार चोकमा आज भएको मोटरसाइकल दुर्घटना परि घाइते भएका चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा रामेछापको खाँडादेवी गाउँपालिका-३ का २५ वर्षीय अवी श्रेष्ठ रहेका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

उनले भने,‘आज बिहान गल्फुटार चोकस्थित सडकखण्डमा चक्रपथबाट हातिगौँडा चोकतर्फ आउदै गरेको बागमती प्रदेश ०२-०५२ प ५४०२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको छेउमा रहेको विद्युत्को खम्बामा ठक्कर खाँदा चालक घाइते भएका थिए,उनलाई त्रिवि शिक्षण अस्पताल पठाइएको र उपचारका क्रममा मृत्यु भएको हो।’

उक्त दुर्घटनाका विषयमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिहेको जनाएको छ।

प्रकाशित: १५ पुष २०८२ १५:२९ | Tuesday, December 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast