‘डोनाल्ड ट्रम्प रक्सीका अम्मली हुन्’

हिमाल प्रेस २ पुष २०८२ १२:११
12
SHARES
‘डोनाल्ड ट्रम्प रक्सीका अम्मली हुन्’

काठमाडौँ- डोनाल्ड ट्रम्प रक्सीका अम्मली रहेको अभिव्यक्ति ह्वाइट हाउसकी चिफ अफ स्टाफ सुजी वाइल्सले दिएकी छन्। वाइल्सले राष्ट्रपति र उनी निकटतम समूहका बारेमा यस्ता धारणा ‘भ्यानिटी फेयर म्यागजिन’ सँगको एक अन्तरवार्तामा व्यक्त गरेकी हुन्। राष्ट्रपति ट्रम्प, उपराष्ट्रपति जेडी भान्स र एलन मस्कका बारेमा पनि उनले बताएकी छन्।

उनले भनेकी छन्, ‘डोनाल्ड ट्रम्प रक्सीका अम्मली हुन्। जेडी भान्स एक दशकदेखि षड्यन्त्रकारी रहँदै आएका छन् र एलन मस्क अद्भुत क्षमताका व्यक्तित्व हुन्।’

पत्रिका मंगलबार प्रकाशित भएको छ। वाइल्सका टिप्पणीहरू यस्तो बेला बाहिर आएका छन् राष्ट्रपति ट्रम्प जनविश्वास गुमाउँदै छन्। अमेरिकी अर्थतन्त्रको गिर्दो अवस्था र मेकिङ अमेरिका ग्रेट अगेन (मागा) बारे मतदातामा असन्तुष्टि छ।

वाइल्सले ट्रम्पको दोस्रो कार्यकाल सुरु भएपछि एलन मस्कको व्हाइट हाउसमा काम गर्ने तरिकाबारे पनि चर्चा गरेकी छन्।

प्रकाशित: २ पुष २०८२ १२:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast