महाराजगन्जमा देउवा-ओली भेटवार्ता

हिमाल प्रेस ७ पुष २०८२ १५:५७ | Monday, December 22, 2025
22
SHARES
महाराजगन्जमा देउवा-ओली भेटवार्ता कांग्रेस सभापति शेरबहादुर देउवासँग गत सोमबार भेट गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली। फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज (सोमबार) भेटवार्ता भएको छ। महाराजगन्जस्थित देउवा निवासमा उनीहरूबीच भेटवार्ता भएको हो।

कांग्रेस सभापति देउवालाई भेट्न एमाले अध्यक्ष ओली महाराजगन्ज पुगेका थिए। भदौ २३–२४ गतेको जेनजी प्रदर्शनपछि देउवा र ओलीले दोस्रोपटक भेट गरेका हुन्। यसअघि मंसिर १९ गते पनि भेटघाट भएको थियो।

ओली एमाले अध्यक्षमा तेस्रोपल्ट निर्वाचित भएपछि भने उनीहरूबीचको यो भेट पहिलो हो। भेटघाटमा महासचिव शंकर पोखरेल पनि सहभागी थिए।

देउवाको सचिवालयका अनुसार देउवाले एमालेको एघारौँ महाधिवेशनमा निर्वाचित भएका अध्यक्ष केपी शर्मा ओलीलाई बधाई तथा शुभकामना दिए। यसैगरी दुई नेताबीच समसामयिक विषयमा छलफल गरेको सचिवालयले जनाएको छ।

प्रकाशित: ७ पुष २०८२ १५:५७ | Monday, December 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast