बजार अनुगमनमा विभाग थप सक्रिय

हिमाल प्रेस २० मंसिर २०८२ ८:०६
6
SHARES
बजार अनुगमनमा विभाग थप सक्रिय

काठमाडौँ-  बजार अनुगमन तथा निरीक्षणलाई पछिल्ला दिनमा प्रभावकारी बनाइरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका आठ उद्योग तथा फर्मलाई कारबाहीको दायरामा ल्याएको छ ।

विभागले काठमाडौँ महानगरपालिका–१७ नयाँबजारको ओम साइलाई १५ हजार जरिवाना गरेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५ र दफा ३८ घ बमोजिमको कसुरमा सोही ऐनको दफा १ क बमोजिम कारबाही गरिएको जनाएको छ ।

विभागले पशुपति जिपर हाउस, जेएन माउण्टेन गियर, सजिन एग्रो प्याकेजिङ ईण्डष्ट, शक्ति फुड प्रालि, सुप्रिम ईण्डस्ट्रिज, श्री रत्न रोलिङ मिल्स र बिरा फर्निचरलाई सामान्य निर्देशन दिएको छ । त्यसमध्ये सुप्रिम इण्डस्ट्रिजलाई व्यवसायसँग सम्बन्धित कागजात लिई तीन दिनभित्र विभागमा सम्पर्क राख्न भनिएको छ ।

सो ऐनअनुसार आवश्यक कागजात नराखेको पाइएकाले कारबाहीको दायरामा ल्याइएको विभागले जनाएको छ ।

प्रकाशित: २० मंसिर २०८२ ८:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast