मकवानपुर २ बाट दीपकबहादुर सिंहको नाम एकल सिफारिस

हिमाल प्रेस ९ पुष २०८२ ७:०८
10
SHARES
मकवानपुर २ बाट दीपकबहादुर सिंहको नाम एकल सिफारिस

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर–१ बाट दीपकबहादुर सिंहको एकल नाम सिफारिस भएको छ ।

राप्रपा मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ को क्षेत्रीय समितिको बैठकले मंगलबार प्रत्यक्षतर्फ सिंहको एकल नाम सिफारिस गरेको हो ।

बैठकले समानुपातिकतर्फ उमेश थापा,नवराज थपलिया, अरुण लामा, मनोज कुमार मोक्तान, बालकृष्ण श्रेष्ठलाई सिफारिस गरेको छ ।

बैठकले सरस्वती कुमारी थिङ, मनिषा स्याङतान, हिरा कुमारी भट्ट, हिरा चौरेल, सन्देश परियार, दिपु सुनार र शुक्रराज प्रजाको नाम समेत सिफारिस गरेको छ ।

प्रकाशित: ९ पुष २०८२ ७:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast