श्रीलंकामा चक्रवात : मृत्यु हुनेको संख्या ४७९ पुग्यो, ३५० अझै बेपत्ता

हिमाल प्रेस १८ मंसिर २०८२ १६:५७
26
SHARES
श्रीलंकामा चक्रवात : मृत्यु हुनेको संख्या ४७९ पुग्यो, ३५० अझै बेपत्ता

कोलम्बो (रासस/सिन्ह्वा)- श्रीलंकामा हालै आएको चक्रवातले निम्त्याएको मौसमी विपद्का कारण मृत्यु हुनेको सङ्ख्या ४७९ पुगेको श्रीलंकाको विपद् व्यवस्थापन केन्द्र (डीएमसी) ले बिहीबार जनाएको छ।

केन्द्रका अनुसार अझै थप ३५० जना बेपत्ता छन् भने राष्ट्रव्यापी रूपमा चार लाख ५५ हजार ४०५ परिवारका १६ लाख भन्दा बढी मानिसहरू प्रभावित भएका छन्। डीएमसीले विपद्का कारण एक हजार २८९ घरहरू ध्वस्त भएको र ४४ हजार ५०० भन्दा बढी घरमा आंशिक क्षति भएको जनाइएको छ।

कृषि सेवा विभाग अन्तर्गतका एक हजार ७७७ वटा ट्यांकी, ४८३ वटा बाँध, एक हजार ९३६ वटा नहर र ३२८ वटा सडक क्षति ग्रस्त भएको जनाइएको छ।

यसैबीच चिनियाँ नेताहरूले श्रीलंकामा आएको विनाशकारी बाढी प्रति शोक व्यक्त गरेका छन् भने श्रीलंकाको अनुरोधमा चीनले श्रीलंकालाई नगद अनुदान र लाइफ ज्याकेट, टेन्ट लगायतका आपूर्ति सहित आपतकालीन मानवीय सहायता प्रदान गर्ने निर्णय गरेको छ।

एसियाली विकास बैंकले श्रीलंकालाई आपतकालीन अवस्थामा सहयोग गर्न तीस लाख अमेरिकी डलर अनुदान स्वीकृत गरेको छ।

प्रकाशित: १८ मंसिर २०८२ १६:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast