संशोधित कानुनप्रति आपत्ति जनाउँदै भन्सार एजेन्टहरू आन्दोलित

हिमाल प्रेस २३ मंसिर २०८२ १८:५२
12
SHARES
संशोधित कानुनप्रति आपत्ति जनाउँदै भन्सार एजेन्टहरू आन्दोलित

काठमाडौँ- भन्सारसम्बन्धी संशोधित कानुनप्रति आपत्ति जनाउँदै भन्सार एजेन्टहरु आन्दोलित भएका छन्।

सरकारले मंसिर २० गते जारी गरेको भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन, २०८२ को प्रावधानप्रति आपत्ति जनाउँदै भन्सार एजेन्ट आन्दोलित भएका हुन्।

आन्दोलनको कारण विराटनगर भन्सार कार्यालयको सम्पूर्ण राजस्व संकलन कार्य पूर्ण रूपमा ठप्प भएको छ। मंगलबार एउटा पनि प्रज्ञापनपत्र दाखिला नहुँदा राजस्व संकलन शून्य भएको कार्यालयका प्रवक्ता भन्सार अधिकृत विमल साहले जानकारी दिए।

उनले आयात भएका सामानहरू अर्को दिन दाखिला भएमा राजस्व उठ्ने भएकाले दीर्घकालीन घाटा भने नहुने बताए। उद्योगि व्यवसायी तथा भन्सार एजेण्टलाई ५० प्रतिशतदेखि १० हजार रुपैयाँसम्म जरिवाना तोकिएको संशोधनप्रति असन्तुष्टि जनाउँदै आफूहरूले पुनःसंशोधनको माग राखेको विराटनगर भंसार एजेन्ट संघका अध्यक्ष देवकीनन्दन शर्माले बताए।

विराटनगर भन्सार कार्यालयमा दैनिक करिब ४ सय प्रज्ञापनपत्रमार्फत ३ सय गाडी जाँचपास हुने गर्दछ। भन्सार एजेण्टहरूले सरकारले कानुनमा पुनःसंशोधन नगरे थप चरणबद्ध आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी दिएका छन्। सरकारले गरेको भन्सार ऐन संशोधन ९१ दिनपछि मंसिर २० गतेदेखि कार्यान्वयन भएको हो।

प्रकाशित: २३ मंसिर २०८२ १८:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast