रोजगारीका लागि भारततर्फ जानेको भीड

हिमाल प्रेस २ पुष २०८२ १९:१५ | Wednesday, December 17, 2025
14
SHARES
रोजगारीका लागि भारततर्फ जानेको भीड

कैलाली– चाडपर्व तथा घरायसी कामका लागि घर फर्केकाहरू पुनः रोजगारीका लागि भारततर्फ लाग्ने क्रम बढेको छ।

यहाँको त्रिनगर नाकाहुँदै दिनहुँ ठूलो संख्यामा नेपालीहरू रोजगारीको लागि भारततर्फ जाने क्रम बढेको हो। उनीहरू चाडपर्वसँगै खेतीपातीको काम सकेर फर्किन थालेका हुन्।

त्रिनगरसीमास्थित सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म धनगढीका अनुसार यही एक सातामा तीन हजार ७०१ जना नेपाली भारततर्फ लागेका छन्।

‘नेपालमा सहजै रोजगारी पाइँदैन, यदि पाइहाल्यो भने पनि यहाँको कमाइले घरखर्च धान्न पनि धौधौ पर्दछ,’ अछामको रामारोशनका मंगल परियारले भने, ‘भारतमा रोजगारी सहजै पाइने र कमाएको पैसा पनि एकमुष्ट देखिने भएकाले धेरैजसो म जस्ता बेरोजगार भारत जाने गरेका छौँ।’

त्यस्तै सोही नाकाबाट मुम्बई तर्फ लागेका चुरे गाउँपालिकाका झलक साउदले पनि आफू घरको सबै काम सकेर फेरि रोजगारीको लागि फकिएको बताए।

सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरलगायत पहाडी जिल्लाका सर्वसाधारण मुम्बई, दिल्ली, पिथौरागड, नासिक, पञ्जाब, अहमदाबादलगायतका ठूला सहर जाने गर्छन्।

प्रकाशित: २ पुष २०८२ १९:१५ | Wednesday, December 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast