क्रिकेटर मिनष थापाको दुर्घटना निधन

हिमाल प्रेस १० पुष २०८२ १०:१७ | Thursday, December 25, 2025
क्रिकेटर मिनष थापाको दुर्घटना निधन

काठमाडौँ- मोरङको विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा क्रिकेटर मिनष थापाको निधन भएको छ। विराटनगर महानगरपालिका-५ का २७ वर्षीय थापा बिहीबार (पुस १०) बिहान दुर्घटनामा परेका जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एवं एसपी कवित कटवालले जानकारी दिए।

उनका अनुसार, विराटनगर-४ स्थित भित्री सडकखण्डमा एयरपोर्ट लाइनबाट गणेश चोकतर्फ जाँदै गर्दा थापाले चलाएको प्रदेश १-०२-०४२ प ८००२ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो।

बिहान करिब पौने १ बजे मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ। दुर्घटनामा गम्भीर घाइते भएका थापालाई उपचारका निम्ति कोशी अस्पताल लगिएको थियो। चिकित्सकले उनको मृत्यु घोषणा गरेका हुन्।

थापा कोशी प्रदेशबाट प्रतिनिधित्व गर्दै नौ वर्षभन्दा बढी समयदेखि राष्ट्रिय क्रिकेट खेलिरहेका थिए।

 

 

प्रकाशित: १० पुष २०८२ १०:१७ | Thursday, December 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast