नेकपा एमाले निर्वाचनमा सहभागी हुन्छ : सचिव राई

हिमाल प्रेस ७ पुष २०८२ १८:०७
16
SHARES
नेकपा एमाले निर्वाचनमा सहभागी हुन्छ : सचिव राई

काठमाडौँ – नेकपा (एमाले) का नवनिर्वाचित सचिव शेरधन राईले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन भएमा एमाले सहभागी हुने बताएका छन्।

सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकारले तोकिएको मितिमा चुनाव गराएमा एमाले सहभागी हुने तर हालसम्म चुनावको वातावरण सरकारले नबनाएको उनले आरोप लगाए।

कोशी प्रदेशका पहिलो मुख्यमन्त्रीसमेत रहेका राईले प्रदेश सरकार चाँडै पुनर्गठन हुने समेत बताए।

उनले यसअघि नै पुनर्गठनको तयारी गरिए पनि महाधिवेशनलगायतका कारणले ढिलाइ भएकाले अब चाँडै मन्त्रिपरिषद् हेरफेर हुने जानकारी दिए।

उनले प्रदेश सरकार पुनर्गठनका लागि सत्ता साझेदार दल नेपाली कांग्रेससँग एकदुई दिनमा छलफल हुने बताए।

प्रकाशित: ७ पुष २०८२ १८:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast