मधेश सरकार विस्तार, १२ सदस्यीय बन्यो मन्त्रिपरिषद्

हिमाल प्रेस १६ पुष २०८२ १३:२४ | Wednesday, December 31, 2025
2
SHARE
मधेश सरकार विस्तार, १२ सदस्यीय बन्यो मन्त्रिपरिषद्

जनकपुरधाम- मधेश प्रदेश सरकार विस्तार गरिएको छ। सत्ता गठबन्धन दलबीच भागबन्डामा टुंगो लागेपछि बुधबार मन्त्रिपरिषद् विस्तार गरिएको हो।

विस्तारित मन्त्रिपरिषद्‌मा जसपा नेपालबाट राजकुमार गुप्तालाई भौतिक पूर्वाधार विकास मन्त्रालय र मनीषकुमार सुमनलाई श्रम तथा यातायात मन्त्रालय, जिम्मेवारी दिइएको छ। यसैगरी कांग्रेसका शंकरप्रसाद चौधरीले वन तथा वातावरण मन्त्रालय र श्यामप्रसाद पटेलले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन्।

जनमत पार्टीबाट वसन्तकुमार कुशवाहालाई खेलकुद तथा समाज कल्याण मन्त्रालय र माओवादी केन्द्रबाट फकिरा महतोलाई गृह, सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ।

नवनियुक्त मन्त्रीहरूले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम रहेको मुख्यमन्त्री कार्यालयले जनाएको छ।  अब मधेश सरकारको मन्त्रिपरिषद् १२ सदस्यीय बनेको छ।

 

प्रकाशित: १६ पुष २०८२ १३:२४ | Wednesday, December 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast