काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानाध्यापकसहित दुई जनाविरुद्ध मुद्दा दायर गरेको छ।
धनुषाको विदेह नगरपालिका-२ दुहवीको शंकर जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक धनिकलाल ठाकुर र लेखापाल अरुणकुमार कुशियैतविरुद्ध अख्तियारले सोमबार मुद्दा दायर गरेको हो।
आर्थिक वर्ष २०७८/०७९ मा आइसिटी ल्याब स्थापना तथा आर्थिक वर्ष २०७९/०८० को राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत विद्यालयमा आइसिटी ल्याब स्थापना तथा डिजिटल लाइब्रेरी सुदृढीकरण कार्यक्रममा रकम हिनामिना गरेको अख्तियारको आरोप छ।
प्रधानाध्यापक धनिकलाल र अरुणकुमारलाई जनही ८ लाख ६२ हजार १५२ रुपैयाँ बिगो माग दाबी गरेको अख्तियारको सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए। आपसी मिलोमतोमा सरकारी रकम हिनामिना गरेको अख्तियारको भनाइ छ।






