पोखरा विमानस्थल आयोजना कार्यान्वयन एकाइ प्रमुख मुनंकर्मी दम्पतीमाथि भ्रष्टाचार मुद्दा

हिमाल प्रेस १ पुष २०८२ १६:०४ | Tuesday, December 16, 2025
20
SHARES
पोखरा विमानस्थल आयोजना कार्यान्वयन एकाइ प्रमुख मुनंकर्मी दम्पतीमाथि भ्रष्टाचार मुद्दा

काठमाडौँ– पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन एकाइ प्रमुख पदमा कार्यरत विनेश मुनंकर्मीमाथि भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

पदीय मर्यादाविपरीतका कार्य गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा मुनंकर्मीमाथि विशेष अदालत, काठमाडौँमा आरोपत्र दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार जनाएको छ। मुनंकर्मी यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक थिए।

मुनंकर्मीका नाममा रहेको दुई करोड पचास लाख चौँतीस हजार पाँच सय सत्र रुपैयाँको स्रोत नखुलेपछि उक्त रकम बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको तथ्य अख्तियारको अनुसन्धानबाट पुष्टि भएको छ।

उक्त रकम प्रचलित कानुनबमोजिम पेस गरेको सम्पत्ति विवरणसँग अमिल्दो तथा अस्वाभाविक देखिन आएको, निजले मनासिव कारण बिना वैधानिक आयको तुलनामा अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको स्थापित भएको तथा निजले सार्वजनिक सेवाको पदमा रहँदाका बखत अख्तियारको दुरुपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी श्रीमतीका नाममा सम्पत्तिहरु खरिद गरेको देखिएको अभियोगपत्रमा उल्लेख छ।

अख्तियारले मुनंकर्मी उपर दुई करोड ५० लाख ३४ हजार ५१७ रुपैयाँ बिगो माग गरेको छ। उनकी पत्नी पूर्णकेशरी गोसाई उपर पनि काठमाडौंमा आरोपपत्र दायर गरिएको हो।

प्रकाशित: १ पुष २०८२ १६:०४ | Tuesday, December 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast