राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालयमा दीक्षान्त समारोह

हिमाल प्रेस १० पुष २०८२ १९:०७ | Thursday, December 25, 2025
22
SHARES
राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालयमा दीक्षान्त समारोह

धरान (सुनसरी)– राष्ट्रिय सेवा दल, पूर्वी तालिम शिक्षालयमा सञ्चालन गरिएको ५१ एनसीसी जुनियर डिभिजन तालिमको दीक्षान्त समारोह सम्पन्न भएको छ। पूर्वी तालिम शिक्षालय मोरङको याङ्शिलामा गत मङ्सिर २० गतेदेखि सञ्चालन भएको उक्त तालिम आज सम्पन्न भएको हो।

राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालयका प्रमुख सेनानी सुरेशकुमार श्रेष्ठका अनुसार दीक्षान्त समारोहमा तालिम पूरा गरेका एनसीसी जुनियर डिभिजनका क्याडेटहरूले आकर्षक कवाज प्रदर्शन गरेका थिए। उक्त तालिममा कोशी प्रदेशका आठ, मधेश प्रदेशका सात र वाग्मती प्रदेशका तीन विद्यालयका २६५ छात्र र २६३ छात्रा दीक्षित भएका छन्।

समापन कार्यक्रममा नेपाली सेनाको पूर्वी पृतना  इटहरीका पृतनापति उपरथी गौरवकुमार केसीले तालिमबाट भविष्यमा सक्षम, अनुशासित र जिम्मेवार नागरिक उत्पादनमा सहयोग पुग्ने बताए। दीक्षान्त समारोहमा २१ नम्बर बाहिनीका बाहिनीपति सहायक रथी मनिकुमार श्रेष्ठ, २ नम्बर बाहिनीका बाहिनीपति सहायक रथी दिवाकरविक्रम राणा, विद्यालयका क्याडेट, अभिभावक तथा शिक्षकहरूको उपस्थिति थियो।

प्रकाशित: १० पुष २०८२ १९:०७ | Thursday, December 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast