प्रतिनिधिसभाका निवर्तमान सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

हिमाल प्रेस ८ पुष २०८२ ९:४५ | Tuesday, December 23, 2025
20
SHARES
प्रतिनिधिसभाका निवर्तमान सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

काठमाडौँ- प्रतिनिधिसभाका निवर्तमान सांसदको हस्ताक्षरसहित नेपाली कांग्रेस र नेकपा एमाले पूरक रिट लिएर सर्वोच्च अदालत जाँदैछन्। संसद पुनर्स्थापनाका लागि छुट्टाछुट्टै रिट दायर गरेका उनीहरुले बहुमत सदस्यको हस्ताक्षर जुटाएर पूरक रिट लैजान लागेका हुन्।

त्यसअघि हिजो मात्र कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच दोस्रोपटक भेट भएको थियो। पुरापुर रूपमा निर्वाचन स्वीकार्ने पक्षमा रहेको कांग्रेस मंसिर १९ गते देउवा र ओलीबीच भएको भेटपछि संसद पुनस्र्थापनाका लागि रिट लिएर गएको थियो।

हिजोको भेटले यो मुद्दालाई थप परिपक्व बनाएको देखाएको छ। कांग्रेस सचेतक सुशीला थिङले आज पूरक रिट दर्ता गरिने बताइन्। उनकाअनुसार संसद पुनस्र्थापनाका पक्षमा कांग्रेसका ६५ सांसदले हस्ताक्षर गरेका छन्। लोकतान्त्रिक समाजवादी पार्टीले पनि पुनस्र्थापनाकै पक्षमा आउने संकेत देखाएको छ।

जनमत पार्टी र अशोक राई नेतृत्वको जनता समावादीबाट तीन सांसदले पनि पुनस्र्थापनाकै पक्षमा हस्ताक्षर गरेका छन्। यसअघि एमालेका तर्फबाट प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बराल मात्र रिट लिएर गएकामा उनीहरुका तर्फबाट पनि ७५ सांसदले पूरक रिटका लागि हस्ताक्षर गरेका छन्।

निर्वाचन तयारीको साटो कांग्रेस र एमाले पुनानै संसदको शक्ति र पुरानै गठबन्धन ब्युँत्याउन खोजिरहेका छन्। कांग्रेसको संस्थागत निर्णय भने निर्वाचनमा जाने नै छ । यता रवि हिरासतमुक्त भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सरकारको रक्षाकवच भएर उभिएका छन्।

प्रकाशित: ८ पुष २०८२ ९:४५ | Tuesday, December 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast