रुपन्देही ५ मा कांग्रेसबाट शाहको नााम सिफारिस, इतर पक्षले पठायो छुट्टै नाम

हिमाल प्रेस २३ मंसिर २०८२ २०:०६
60
SHARES
रुपन्देही ५ मा कांग्रेसबाट शाहको नााम सिफारिस, इतर पक्षले पठायो छुट्टै नाम

बुटवल – रुपन्देहीको निर्वाचन क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ पूर्वअर्थ राज्यमन्त्री भरतकुमार शाहको नाम एकल सिफारिस भएको छ।

क्षेत्रीय समितिको बैठकले यसअघि यो क्षेत्रबाट तीनपटक निर्वाचित शाहलाई एकल उम्मेदवार बनाउन सिफारिस गरेको हो।

शाहको सिफारिसप्रति कांग्रेसकै नेताहरुले असन्तुष्टि जनाएका छन्। संस्थापनले एकलौटी निर्णय गरेको भन्दौ अर्को पक्षले पनि उम्मेदवारको नाम सिफारिस गरेको छ। संस्थापन इतर पक्षहरुले युवा नेता विष्णु पोखरेलसहित तीन जनालाई उम्मेदवार सिफारिस गर्दै उक्त जानकारी पार्टी केन्द्रीय कार्यालयलाई पठाएको हो।

उम्मेदवार सिफारिसका लागि महासमिति सदस्य तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिहरुलाई अनिवार्य उपस्थित गराउनुपर्ने कांग्रेसको विधानमा उल्लेख भए पनि शाह पक्षले आफूहरुलाई उपस्थित नै नगराई एकलौटी सिफारिश गरेको आरोप लगाएको छ।

क्षेत्रीय सचिव कृष्णप्रसाद शर्माले आफूलाई समेत जानकारी नगरी सिफारिस गरेको भन्दै आपत्ति प्रकट गरे।

अर्को पक्षले महासमिति सदस्य एवं पूर्वक्षेत्रीय सचिव कमलप्रकाश भुषाल र महाधिवेशन प्रतिनिधि लिलाकुमारी पौडेललाई सिफारिस गरिएको छ। उनीहरुलाई सिफारिस गर्नेहरुमा क्षेत्रीय सचिव कृण प्रसाद शर्मा, क्षेत्रीय सह–सचिव हरिप्रसाद घिमिरे, सह–सचिव चिरञ्जिवी खनाललगायत रहेका छन्।

यस्तै महासमिति प्रतिनिधिहरु विष्णुप्रसाद पोख्रेल, शेषमन यादव, महाधिवेशन प्रतिनिधिहरु शारदा गौतम, चाम बहादुर थापा, खिमानन्द खनाल, हुमनाथ अधिकारी, दिलमाया कडेल लगायतले उम्मेदवार सिफारिसमा हस्ताक्षर गरेका छन्।

यस्तै क्षेत्रका जिल्ला समिति सदस्यहरु, पालिका सभापतिहरुले पनि पोखरेलको पक्षमा हस्ताक्षर गरेका छन्।

यता नेपाली कांग्रेस क्षेत्रीय सभापति वसिउल्लाह मुसलमानले बैठकमा शाहको नाममात्र प्रस्तावित भएको र कसैले शाहको नाममा विरोध नगरेकाले एकल सिफारिस गरिएको बताए।

उनले शाह पक्षबाट प्रतिनिधिसभा सदस्य समानुपातिकतर्फ क्षेत्रीय सभापति वसिवुल्लाह मुसलमान र मामकला थापा तथा राष्ट्रियसभामा सुर्यमति उपाध्ययाय र शेषमन यादवलाई सिफारिश गरेको बताए।

संस्थापन इतरले प्रतिनिधि सभा सदस्य समानुपातिकमा अधिवक्ता शेषमन यादव,डोलबहादुर थापा,दिलमाया कंडेल,खडानन्द खनाल र सिता पोखरेल तथा राष्ट्रियसभामा रघुनाथ घिमिरे,इन्द्रबहादुर जीसी र कल्पना ढकाललाई सिफारिस गरेको छ।

प्रकाशित: २३ मंसिर २०८२ २०:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast