पटकपटक स्थगित कांग्रेस बैठक आज फेरि बस्दै, महाधिवेशन मुख्य एजेन्डा

हिमाल प्रेस १५ मंसिर २०८२ ८:४२
8
SHARES
पटकपटक स्थगित कांग्रेस बैठक आज फेरि बस्दै, महाधिवेशन मुख्य एजेन्डा फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज फेरि बोलाइएको छ। महाधिवेशनको मिति टुंग्याउन नसक्दा पटकपटक सारिएको कार्यसमिति बैठक आज फेरि बोलाइएको हो।

महाधिवेशन विषयमा आइतबार सभापति शेरबहादुर देउवाको महाराजगञ्जस्थित निवासमा पदाधिकारी तथा केही नेताबीच छलफल भएको थियो। उक्त छलफलले पार्टीको १५औँ महाधिवेशन आगामी पुस २६ देखि २९ गतेसम्म गर्ने सहमति जुटाएपछि आज दिउँसो २ बजे केन्द्रीय समितिको बैठक बस्न लागेको हो।

बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशन कार्यतालिका प्रस्तुत गर्ने तयारी गरेका छन्। महिनौँदेखिको मतभेद र असहमतिको वातावरणले कांग्रेसको नियमित केन्द्रीय कार्यसमिति बैठक गत असोज २८ यता निष्प्रभावी बनेको थियो।

सभापति देउवा सिंगापुरबाट उपचार गरेर फर्किएपछि नेताहरूबीच सहमति खोज्ने पहल बनेको र अन्ततः देउवाकै सक्रिय पहलमा महाधिवेशनका मितिमाथि सहमति जुटेको कांग्रेस स्रोत बताउँछ।

यससँगै महाधिवेशन रोकिने सम्भावना हटेको र पार्टी नेतृत्वले अब संगठनात्मक प्रक्रियाहरूलाई तीव्रता दिने नेताहरूले बताएका छन्।

प्रकाशित: १५ मंसिर २०८२ ८:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast