महाधिवेशनको मिति सार्ने षडयन्त्र नगर्न कांग्रेस नेताहरूको चेतावनी

हिमाल प्रेस १८ मंसिर २०८२ १७:३० | Thursday, December 4, 2025
24
SHARES
महाधिवेशनको मिति सार्ने षडयन्त्र नगर्न कांग्रेस नेताहरूको चेतावनी फाइल तस्बिर

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्।

विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता तर्फबाट बिहीबार काठमाडौँमा आयोजित १५ औँ महाधिवेशनको तयारी विषयक अन्तरक्रियामा उनीहरुले नियमित महाधिवेशन अवरुद्ध भए विशेष महाधिवेशन हुने भन्दै महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका हुन्।

कार्यक्रममा कांग्रेसका नेता गुरुराज घिमिरेले केन्द्रीय समितिबाट पारित कार्यतालिकामा तलमाथि भए विशेष महाधिवेशनको अवस्था आउने बताए। उनले निर्धारित गरिएको पार्टीको नियमित महाधिवेशन सार्ने खेलमा नलाग्न सुझाव समेत दिए।

विशेष महाधिवेशनको दबाब दिएपछि मात्रै पार्टी नेतृत्व निर्वाचनअघि नियमित महाधिवेशन गर्न तयार भएको उनको भनाइ छ। उनले बहुमतको शक्तिका साथ आफूहरु महाधिवेशनको तयारीमा जुट्ने धारणा राखे। महाधिवेशनमा आफूहरुको पक्ष निर्णायक रहेकाले कमजोर नठान्न उनले सुझाव दिए।

उनले पार्टीले निर्धारण गरेको कार्यतालिकालाई सफल बनाउन भूमिका खेल्ने समेत बताए। घिमिरेले अब निर्वाचन क्षेत्रमा क्रियाशिल हुन आग्रह गर्दै कसैले अप्ठेरो पारे एकताबद्ध भएर सामना गर्ने जिकिर गरे।

प्रकाशित: १८ मंसिर २०८२ १७:३० | Thursday, December 4, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast