सहमहामन्त्री यादवको संयोजकत्वमा कांग्रेसले बनायो क्रियाशील सदस्यता छानबिन समिति

हिमाल प्रेस २४ मंसिर २०८२ २१:०९ | Wednesday, December 10, 2025
50
SHARES
सहमहामन्त्री यादवको संयोजकत्वमा कांग्रेसले बनायो क्रियाशील सदस्यता छानबिन समिति

काठमाडौँ- नेपाली कांग्रेसले क्रियाशील सदस्यता छानबिन गर्न ‘क्रियाशील सदस्यता केन्द्रीय छानबिन’ समिति गठन गरेको छ। पार्टीका सहमहामन्त्री महेन्द्र यादवको संयोजकत्वमा कांग्रेसले छानबिन समिति गठन गरेको हो।

कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले कार्यवाहक सभापति पूर्णबहादु खड्काले सहमहामन्त्री यादवको संयोजकत्वमा छानबिन समिति गठन गरेको जानकारी दिए।

समितिमा शिवप्रसाद हुमागाँइ, प्रा.डा.गोविन्दराज पोखरेल, अजयबाबु शिवाकोटी र शान्ति परियार वि.क. सदस्य छन्।

पार्टी विधान २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम कार्यवाहक सभापति खड्काले छानबिन समिति गठन गरेको मुख्य सचिव पौडेलले बताए।

सदस्यता व्यवस्थापन केन्द्रीय समितिबाट सहमति भई आएको क्रिायशील सदस्यता (नयाँ र नवीकरण) को सूची र प्रतिवेदन समयभित्र अध्ययन गरी क्रियाशील सदस्यता सम्बन्धी आएका उजुरी उपर छानबिन गरी तोकिएको समयभित्र क्रियाशील सदस्यता (नयाँ र नवीकरण) को अन्तिम सूची तयार गर्नका लागि क्रिायशील सदस्यता केन्द्रीय छानबिन समिति बनाउने व्यवस्था छ।

कांग्रेसको १५ औँ महाधिवेशन अगामी पुसमा हुँदैछ।

प्रकाशित: २४ मंसिर २०८२ २१:०९ | Wednesday, December 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast