कांग्रेस केन्द्रीय कार्यालय
काठमाडौँ- नेपाली कांग्रेसले राष्ट्रियसभा र प्रतिनिधिसभाको निर्वाचनको लागि उम्मेदवारको नाम सिफारिस गर्न परिपत्र गरेको छ।
केन्द्रीय समिति बैठकको निर्णय अनुसार माघ ११ गते हुने राष्ट्रियसभा र फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको सिफारिस गर्न निर्देशन दिएको हो।
केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको परिपत्रमा मंसिर मसान्तभित्र उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरिसक्नुपर्नेछ।
प्रकाशित: १६ मंसिर २०८२ १३:२६
प्रतिक्रिया



