कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक

हिमाल प्रेस २८ मंसिर २०८२ १५:०२ | Sunday, December 14, 2025
20
SHARES
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक

काठमाडौँ-नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ। सामेबार बिहान ९ बजे बस्ने गरी कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको हो।

कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सोमबार बिहान ९ बजे बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक बोलाइएको जानकारी दिए।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातवटै प्रदेश सभापतिहरूलाई बोलाइएको उनले बताए।

कांग्रेसका पुराना नेता तथा पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधन भएकोमा शोक प्रस्ताव पारित गर्न केन्द्रीय समिति बैठक बोलाइएको मुख्य सचिव पौडेलले जानकारी दिए।

उपाध्यायको आइतबार बिहान उपचारको क्रममा काठमाडौँको ह्याम्स अस्पतालमा निधन भएको हो।

उनी मोरङ क्षेत्र नम्बर–१ (हाल २) बाट दुईपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

प्रकाशित: २८ मंसिर २०८२ १५:०२ | Sunday, December 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast