कार्यकर्तालाई कांग्रेस कार्यवाहक सभापतिको निर्देशन : महाधिवेशन र चुनाव दुवैको तयारी गर्नुहोस्

हिमाल प्रेस १२ पुष २०८२ ६:५७ | Saturday, December 27, 2025
22
SHARES
कार्यकर्तालाई कांग्रेस कार्यवाहक सभापतिको निर्देशन : महाधिवेशन र चुनाव दुवैको तयारी गर्नुहोस्

काठमाडौँ- नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय राजनीतिको निकासका लागि महाधिवेशन र आमनिर्वाचन दुवै अनिवार्य भएको भएको बताएका छन्।

निजी विद्यालयका शिक्षक र कर्मचारीको संगठन नेपाल अध्यापक सङ्घको शुक्रबार सम्पन्न प्रथम केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्दै उनले पार्टी चुनावमा होमिइसकेकाले कार्यकर्तालाई त्यसतर्फ लाग्न आह्वान गरेका हुन्।

‘अहिले हरेक एकाइमा क्रियाशील सदस्यता वितरण भइरहेको छ। मापदण्ड पुगेका सबैले सदस्यता पाउन् भन्नेमा सबै कार्यकर्ता सचेत हुनुपर्छ। महाधिवेशनमा राम्रो गर्न सके चुनावमा पनि अपेक्षित नतिजा हासिल गर्न सकिन्छ,’ उनले भने।

संघको अधिवेशनले भोलानाथ चालिसेको अध्यक्षतामा ४५ सदस्यीय केन्द्रीय कार्यसमितिको सर्वसम्मत निर्वाचन गरेको छ। यसअनुसार सङ्घको वरिष्ठ उपाध्यक्षमा सुदीप बर्तौला र महासचिवमा धर्मराज जोशी निर्विरोध निर्वाचित भए।

त्यसैगरी, कोषाध्यक्षमा राजेन्द्र गौतम र उपमहासचिवमा सुजाता कार्की र देवकान्त यादव निर्वाचित भएका हुन्।

सङ्घको स्थापना २०७९ साउनमा कांग्रेसको शुभेच्छुक संस्थाका रूपमा भएको थियो। निजी शैक्षिक संस्थामा कार्यरत शिक्षक कर्मचारीको पेसागत तथा राजनीतिक हक कायम गराउने उद्देश्यले संस्थाको स्थापना भएको हो।

प्रकाशित: १२ पुष २०८२ ६:५७ | Saturday, December 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast