यातायात क्षेत्रसम्बन्धी सर्वोच्चको आदेश कार्यान्वयन गर्न आयोग गठन

हिमाल प्रेस २३ मंसिर २०८२ १५:५३
24
SHARES
यातायात क्षेत्रसम्बन्धी सर्वोच्चको आदेश कार्यान्वयन गर्न आयोग गठन फाइल तस्बिर

काठमाडौँ- सरकारले यातायात क्षेत्रसम्बन्धी सर्वोच्च अदालतका आदेशहरु कार्यान्वयन गर्न जाँचबुझ आयोग गठन गरेको छ।

मंगलबार सिंहदरबारमा मंसिर २२ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले यातायात क्षेत्रसम्बन्धी सर्वोच्च अदालतका आदेशहरु कार्यान्वयन गर्न दिपक सुवेदीको अध्यक्षतामा जाँचबुझ आयोग गठन गर्ने निर्णय भएको जानकारी दिए। जाँचबुझ आयोगको सदस्यमा शरद अधिकारी र योगेन्द्रनाथ कर्माचार्य रहेका छन्।

त्यसैगरी कोलम्बो प्लानको नवौँ महासचिव पदमा कृषि मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माको उम्मेदवारी मनोनयन गर्न स्वीकृति दिने, नेपाल र मोरिससबीच सम्पन्न दोहोरो करमुक्ति तथा वित्तीय छल निरोधसम्बन्धी सम्झौता अन्त्य गर्ने र सिँचाइ व्यवस्थापन कम्पनी लिमिटेड संस्थापना गर्न ऊर्जा मन्त्रालयलाई स्वीकृति दिने निर्णय भएको प्रवक्ता खरेलले बताए।

मन्त्रिपरिषद्ले सन १९७३ मा फिलिपिन्सको मनिलामा आयोजना भएको पहिलो एसियाली एथलेटिक्स च्याम्पिनसिपमा कास्य पदक हासिल गरी नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने पूर्व म्याराथन धावक एवं ओलम्पियन जीतबहादुर केसीलाई सम्मान स्वरुप नगद २५ लाख रुपैयाँ प्रदान गर्ने निर्णय समेत गरेको छ।

प्रकाशित: २३ मंसिर २०८२ १५:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast