चितवन कांग्रेसले मापदण्ड निर्धारण गरेर उम्मेदवार सिफारिस गर्ने

हिमाल प्रेस २६ मंसिर २०८२ १२:२९ | Friday, December 12, 2025
14
SHARES
चितवन कांग्रेसले मापदण्ड निर्धारण गरेर उम्मेदवार सिफारिस गर्ने

चितवन- नेपाली कांग्रेस चितवनले तत्कालीन संविधानसभा निर्वाचनपश्चात् समानुपातिमा नामसमावेश भएकाहरूलाई यसपटक समानुपातिकमा सिफारिस नगर्ने भएको छ। पार्टीको बिहीबार बसेको बैठकले विधि बनाएर सिफारिस गरेको हो।

जिल्ला सभापति राजेश्वर खनालका अनुसार अगामी माघ ११ गते हुने राष्ट्रियसभा र फागुन २१ गते हुने प्रत्यक्ष तथा समानुपातिक निर्वाचनका लागि विधि तय गरी सिफारिस गरिएको हो।

दोस्रो संविधानसभा निर्वाचन २०७० पश्चात् प्रत्यक्षबाहेक अन्य प्रणालीबाट संघ तथा प्रदेशमा जिल्लाभित्र क्रियाशील सदस्यता लिई सफलता प्राप्त गरेकाको हकमा यस पटक प्रत्यक्ष निर्वाचनमा मात्रै सिफारिस गरिएको उनले बताए।

यसबाट पार्टीका केन्द्रीय कोषाध्यक्ष उमेश श्रेष्ठ, केन्द्रीय सदस्य अञ्जनी श्रेष्ठ, केन्द्रीय सदस्य शान्ति परियार, बागमती प्रदेशका पूर्वमन्त्री मिलनबाबु श्रेष्ठलगायतले यस पटक प्रत्यक्षबाहेकमा सिफारिस नहुने भएका छन्।

तीनवटै क्षेत्रबाट आएका नामलाई जिल्लाले बनाएको यही विधिअनुसार राय लेखेर केन्द्रमा पठाइने सभापति खनालले बताए।

प्रकाशित: २६ मंसिर २०८२ १२:२९ | Friday, December 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast