प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदूत सोङको भेट

हिमाल प्रेस २ पुष २०८२ १७:२० | Wednesday, December 17, 2025
20
SHARES
प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदूत सोङको भेट तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीसँग बुधबार नेपालका लागि चिनियाँ राजदूत महामहिम छन सोङले भेट गरेका छन्। आफ्नो कार्यकाल सकेर स्वदेश फर्किन लागेका सोङले सिंहदरबार पुगेर प्रधानमन्त्री कार्कीसँग बिदाइ भेट गरेका हुन्।

भेटका क्रममा नेपाल र चीनबीचको सम्बन्धका विविध आयाम र द्विपक्षीय हितका विषयमा पनि कुराकानी भएको थियो।

भेटका क्रममा राजदूत सोङले चीन नेपालको घनिष्ट मित्र भएकोले नेपालको विकास निर्माणका हरेक पक्षहरूमा सहयोग गर्दै आएको र यो क्रम भविष्यमा पनि निरन्तर रहने उल्लेख गरे।

प्रधानमन्त्री कार्कीले राजदूत सोङ आफ्नो सफल कार्यकाल पूरा गरी स्वदेश फिर्ता हुन लागेकोमा बधाई तथा सफल यात्राको कामना गरिन्।

साथै उनले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहनुका साथै नेपालको भूमिबाट चीनको राष्ट्रिय हितविपरीत कुनै पनि गतिविधि हुन नदिने विश्वास दिलाइन्।

चीनबाट सदाझैँ नेपालको विकास निर्माणमा साथ, समर्थन र सहयोग प्राप्त हुने आशा पनि उनले व्यक्त गरिन्।

प्रकाशित: २ पुष २०८२ १७:२० | Wednesday, December 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast