चन्द्र पन्त निर्देशित ‘आ बाट आमा’ जापानमा पनि प्रदर्शन हुने

हिमाल प्रेस ७ पुष २०८२ १२:२० | Monday, December 22, 2025
16
SHARES
चन्द्र पन्त निर्देशित ‘आ बाट आमा’ जापानमा पनि प्रदर्शन हुने

काठमाडौँ- चन्द्र पन्त निर्देशित फिल्म ‘आ बाट आमा’ को जापान राइट्स बिक्री भएको छ। जापानमा फिल्म वितरण गर्दै आएको ओम शान्ति ओम इन्टरटेनमेन्टले खरिद गरेको हो।

जापानसँगै फिल्म अस्ट्रेलिया, न्यूजील्यान्ड, युएई, कतार, बहराइन र इजरायललगायत देशमा प्रदर्शन अधिकार बिक्री भइसकेको निर्देशक पन्तले बताए।

निर्देशक पन्तकै कथा र पटकथा रहेको फिल्ममा विपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट, बेगम नेपालीलगायत कलाकारको अभिनय छ।

आर्या इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको फिल्म आगामी माघ १६ देखि प्रदर्शन हुनेछ। फिल्ममा कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुवप्रसाद न्यौपाने र क्षितिज ढुंगानाले लगानी गरेका छन्।

प्रकाशित: ७ पुष २०८२ १२:२० | Monday, December 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast