चाँदबाग स्कुलको वार्षिकोत्सव (तस्बिरहरू)

हिमाल प्रेस ४ पुष २०८२ १९:०६ | Friday, December 19, 2025
16
SHARES
चाँदबाग स्कुलको वार्षिकोत्सव (तस्बिरहरू)

काठमाडौँ- काठमाडौँको जोरपाटीस्थित चाँदबाग स्कुलको वार्षिकोत्सव समारोह शुक्रबार ब्लु प्याभिलियन हल, प्रदर्शनी मार्गमा भव्य रूपमा सम्पन्न भएको छ। समारोहमा विद्यार्थीहरूको नृत्य, बाजा प्रस्तुति र उद्घोषणले कार्यक्रमलाई जीवन्त बनाएको थियो भने अतिथिहरूलाई विद्यार्थीहरूले स्वागत गरेका थिए।

कार्यक्रममा सिजी ग्रुप ग्लोबलका अध्यक्ष तथा विद्यालयका सञ्चालक विनोद चौधरीको उपस्थिति रहेको थियो। समारोहमा सयौँको संख्यामा विद्यार्थीका अभिभावकहरूको पनि सहभागिता रह्यो।

सेन्ट जोसेफ स्कूल, नर्थ पोइन्ट, दार्जिलिङका रेक्टर फादर स्ट्यान्ली वर्गिज समारोहका प्रमुख अतिथि थिए। उनले विद्यार्थीहरूको प्रस्तुतिको प्रशंसा गर्दै शिक्षामा अनुशासन, संस्कार र अभिभावक, विद्यालयको सहकार्यको महत्त्व औँल्याए।

समारोहका क्रममा विद्यार्थीहरूले अध्यक्ष चौधरीको सम्मानमा चौधरीको ‘एकै नजरमा माया बस्यो है…’ बोलको गीतको म्युजिक बजाउँदै विशेष प्रस्तुति दिएका थिए।

कार्यक्रममा स्कुल व्यवस्थापन समिति अध्यक्ष दामोदर लामिछानेले विद्यालय २९ वर्षदेखि निरन्तर रूपमा शैक्षिक क्षेत्रमा क्रियाशील रहेको बताए। उनले अभिभावकको व्यवहार छोराछोरीमा पर्ने बताउँदै त्यसमा सचेत हुन आग्रह गरे। ‘स्कुलमा मात्र होइन, घरमा पनि अभिभावकले मद्दत गर्नुपर्छ। घरमा शान्ति र सद्भाव भए मात्र विद्यार्थीले चाहेको प्रगति गर्न सक्छन्। घरको कलहको असर सिधै विद्यार्थी र स्कुलमा पर्छ।’ उनले छोराछोरीको अगाडि बोल्दा अभिभावकले ध्यान दिनुपर्ने र विद्यार्थीको चासो तथा चाहनाअनुसार मार्गदर्शन गर्नुपर्ने बताए।

समारोहलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले शिक्षा क्षेत्रमा सरकारी नीतिप्रति टिप्पणी गरे। उनले क्यानडा, अस्ट्रेलिया र भारतमा रहेका शैक्षिक संस्थालाई नेपालमै ल्याएर सबैको पहुँचमा शिक्षा पुर्‍याउन सकिने सम्भावना हुँदाहुँदै पनि त्यसको सट्टा विद्यार्थी विदेश पठाउँदा झण्डै डेढ सय अर्ब रुपैयाँ देशबाहिर गएको बताए।

समारोहका अतिथिलाई मायाको चिनो पनि प्रदान गरिएको थियो।

 

तस्बिरहरू : हिमालप्रेस

शिक्षा नीतिका कारण नेपालबाट ठूलो पूँजी पलायन : विनोद चौधरी

प्रकाशित: ४ पुष २०८२ १९:०६ | Friday, December 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast