तराईका हुस्सु र हिमालमा हल्का वर्षाको सम्भावना

हिमाल प्रेस १४ पुष २०८२ ६:२४
10
SHARES
तराईका हुस्सु र हिमालमा हल्का वर्षाको सम्भावना

काठमाडौँ- देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो रहनेछ।

देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

देशका तराई भूभागमा हुस्सु र कुहिरोको प्रभावले बिहानको समयमा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्ने देखिएको छ ।

प्रकाशित: १४ पुष २०८२ ६:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast