जंगीअड्डामा मनाइयो वीरेन्द्र अस्पतालको शतवार्षिकी

हिमाल प्रेस १४ पुष २०८२ २१:४० | Monday, December 29, 2025
20
SHARES
जंगीअड्डामा मनाइयो वीरेन्द्र अस्पतालको शतवार्षिकी

काठमाडौँ- नेपाली सेनाले छाउनीस्थित वीरेन्द्र अस्पतालले आफ्नो स्थापनाको १००औँ वर्ष पूरा भएको अवसरमा आज विभिन्न कार्यक्रम गरेको छ। सेनाले ज‌ंगी अड्डामा कार्यक्रम गरेर शतवार्षिकी कार्यक्रम मनाएको हो।

कार्यक्रममा वीरेन्द्र अस्पतालको चिकित्सा क्षेत्रमा विशेष योगदान पुर्‍याउने प्रथम कमाण्डिङ अफिसर वरिष्ठ शल्य चिकित्सक प्राविधिक सहायक रथी मदनमान मल्ल (अ.प्रा.) र मेट्रोन प्राविधिक प्रमुख सेनानी विन्दु श्रेष्ठ (अ.प्रा.) लाई सम्मान गरियो। उनीहरूलाई प्रधानसेनापति अशोकराज सिग्देलले सम्मान गरेका हुन्।

अस्पतालका कमाण्डाण्ट प्राविधिक सहायक रथी डा.नम्रता रावलले स्वागत मन्तव्य राखेको कार्यक्रममा बलाधिकृत, बलाध्यक्ष, बहालवाला तथा अवकाश प्राप्त रथीबृन्द, अधिकृत, सैनिक श्रीमती संघका पदाधिकारीहरू, विभिन्न अस्पताल एवं सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रतिनिधिहरूलगायतको उपस्थिति थियो।

शतवार्षिकी कार्यक्रम मनाउने क्रममा आइतबार अस्पतालको प्राङ्गणमा प्रधानसेनापतिले नवनिर्मित वीर स्मारकको अनावरण गरेका थिए।

R
R
RHDEC001

प्रकाशित: १४ पुष २०८२ २१:४० | Monday, December 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast