दुई फर्मलाई नगद जरिवाना

हिमाल प्रेस १२ पुष २०८२ ७:५५ | Saturday, December 27, 2025
18
SHARES
दुई फर्मलाई नगद जरिवाना

काठमाडौँ- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग वा फर्मलाई नगद जरिवाना गरेको छ। विभागले जुली केक एण्ड पेष्ट्री ललितपुर र जिरी खिम्ती होटल रेष्टुरेन्टलाई पाँच हजार जरिवाना गरेको छ।

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५, दफा ३८ घ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ १ क बमोजिम कारवाही गरिएको जनाएको छ। विभागले अन्य १२ वटा उद्योग वा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ । काठमाडौँ र ललितपुरका विभिन्न होटल तथा रेष्टुरेन्टमा नियमित अनुमगन भइरहेको विभागले उल्लेख गरेको छ।

चाडवाडको समयमा मात्रै अनुमगन गरेको भन्ने गुनासो नआओस् भनेर विभागले पछिल्ला दिनमा नियमित रूपमा अनुमगन, निरीक्षण, जरिवाना तथा सुधारात्मक निर्देशन दिँदै आएको छ ।

बजारको स्वच्छता कायम राख्ने, कालाबजारी नियन्त्रण गर्ने, खाद्य पदार्थमा अखाद्य पदार्थ मिमिन नदिन सचेतता पूर्वक अनुमगन गरिएको विभागले जनाएको छ । स्थानीय प्रशासन, उपभोक्ता अधिकारकर्मी र जनप्रतिनिधिको उपस्थितीमा बजार अनुमगन हुँदा कानुन कार्यान्वयनमा सहज भएको विभागको दाबी छ । रासस

प्रकाशित: १२ पुष २०८२ ७:५५ | Saturday, December 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast