मन्त्रिपरिषद्का निर्णय : पत्रकार रजक सहिद घोषित, उखुको खरिद मूल्य तोकियो

हिमाल प्रेस २२ मंसिर २०८२ २०:३२
28
SHARES
मन्त्रिपरिषद्का निर्णय : पत्रकार रजक सहिद घोषित, उखुको खरिद मूल्य तोकियो

काठमाडौँ- सरकारले २०८१ चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकलाई सहिद घोषणा गरेको छ।

सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रजकलाई राज्यको तर्फबाट सहिद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए।

बैठकले जेनजी आन्दोलनका क्रममा घाइते तथा अपाङ्ग भएका व्यक्तिलाई राहत सहायता उपलब्ध गराउने सम्बन्धी कार्यविधि २०८२ स्वीकृत गरेको छ भने जेनजी आन्दोलनका घाइतेलाई शिक्षा, स्वास्थ्य र रोजगारीको सम्बन्धमा आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको छ।

मन्त्रिपरिषद्ले चालू आर्थिक वर्षका लागि कृषकले उत्पादन गरेको उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६२० रुपैयाँ तोक्दै ७० रुपैयाँ अनुदान कायम गर्ने निर्णय भएको प्रवक्ता खरेलले बताए।

त्यस्तै सहसचिव राजेन्द्रकुमार पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरिएको छ। आर्थिक कार्यविधि तथा वित्तीय उतरदायित्व दोस्रो संशोधन नियमावली स्वीकृत गरिएको प्रवक्ता खरेलले जानकारी दिए। उनका अनुसार मन्त्रिपरिषद्ले विभिन्न १० जिल्लाका ९४ हजार ५ सय २७ गरिब परिवारको सूची स्वीकृत गर्ने निर्णय गरेको छ।

प्रकाशित: २२ मंसिर २०८२ २०:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast