पुस्तक प्रदर्शनी सुरु, ४० प्रतिशतसम्म छुट

हिमाल प्रेस ११ पुष २०८२ १९:३६ | Friday, December 26, 2025
पुस्तक प्रदर्शनी सुरु, ४० प्रतिशतसम्म छुट

काठमाडौँ- नेपाल प्रज्ञा प्रतिष्ठानले आज (शुक्रबार) देखि पुस्तक प्रदर्शनी सुरु गरेको छ। प्रदर्शनीमा राखिएका पुस्तक ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ।

कमलादीस्थत प्रतिष्ठानमा भइरहेको प्रदर्शनीमा प्रतिष्ठानले हालसम्म प्रकाशन गरेका साहित्यिक, अनुसन्धानात्मक, नेपाली शब्दकोश, जर्नललगायत विभिन्न पुस्तक प्रदर्शनीमा राखिएका छन्।

प्रतिष्ठानका कुलपति भुपाल राईले आज प्रदर्शनीको उद्घाटन गर्दै अनुन्धानात्मक र खोजीमूलक पाठकका लागि प्रदर्शनी लाभदायक हुने बताए। उनका अनुसार प्रतिष्ठानले वर्षमा तीन/चार पटक प्रदर्शनी गर्दै आएको र पछिल्लो समय पाठकको रोजाइमा प्रतिष्ठानका पुस्तक खोजी हुने गरेको अनुभव सुनाए।

‘प्रतिष्ठानका पाठक फरक छन्, विद्यावारिधी गर्न लागेका र वौद्धिक वर्गका पाठकले यहाँ प्रदर्शनीमा आएर पुस्तक किन्न आउने गरेका छन्,’ उनले भने, ‘यद्यपि पछिल्लो समय युवा पुस्ताको रोजाइमा प्रतिष्ठानका सिर्जनाले तानेका छन्।’

प्रकाशित: ११ पुष २०८२ १९:३६ | Friday, December 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast