बलिउडको चर्चित फिल्म ‘शोले : द फाइनल कट’ आजदेखि नेपालमा प्रदर्शन

हिमाल प्रेस १ पुष २०८२ १५:४३ | Tuesday, December 16, 2025
10
SHARES
बलिउडको चर्चित फिल्म ‘शोले : द फाइनल कट’ आजदेखि नेपालमा प्रदर्शन

काठमाडौँ- बलिउडको चर्चित फिल्म ‘शोलेः द फाइनल कट’ आजदेखि नेपालमा प्रदर्शन भएको छ। सन् १९७५ मा प्रदर्शन भएको फिल्म ५० वर्ष पूरा भएकाे अवसरमा पुनः प्रदर्शन गरिएको हो।

भारतसहितका अन्य देशमा फिल्म गत शुक्रबार (मंसिर २६) देखि नै प्रदर्शन भइरहेको छ। फिल्मको नयाँ संस्करणमा फाेरके र डल्बी (५.१) साउन्ड प्रविधिमा पुनः निर्माण गरिएको टिमले जनाएको छ।

पुरानोभन्दा करिब १० मिनेट थपेर फिल्मको रनटाइम दुई सय नौ मिनेट बनाइएको छ। नयाँ भर्सनमा सन् १९७५ मा सेन्सर बोर्डले हटाएको ठाकुरले गब्बर सिंहलाई मार्ने अन्त्य दृश्य पनि समावेश गरिएको छ। उक्त दृश्य त्यतिबेला अत्याधिक हिंसाको कारण हटाएर गब्बरलाई प्रहरीले पक्राउ गरेको दृश्य राखेर प्रदर्शन गरिएको थियो।

फिल्मका निर्देशक रमेश सिप्पी हुन्। फिल्ममा धर्मेन्द्र, अमिताभ बच्चन, हेमा मालिनी, जया बच्चन र अमजद खानको अभिनय रहेको छ। ‘शोले’ भारतीय फिल्म इतिहासकै सबैभन्दा प्रभावशाली फिल्ममध्ये एक मानिन्छ।

प्रकाशित: १ पुष २०८२ १५:४३ | Tuesday, December 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast