बालेनले सुदनलाई भने : लभ यू, ब्रदर

हिमाल प्रेस १५ पुष २०८२ ६:३७ | Tuesday, December 30, 2025
6
SHARES
बालेनले सुदनलाई भने : लभ यू, ब्रदर

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले हामी नेपालका संयोजक सुदन गुरुङको प्रशंसा गरेका छन्। पछिल्लो समय वैकल्पिक शक्तिको एकतामा भूमिका खेल्ने सुदनप्रति बालेनले गुन लगाएको बिर्सिन नसकिने बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच सहमतिको लागि निकै दौडधुप गरेका गुरुङसँगको तस्बिरसहित बालेनले सामाजिक सञ्जालमा उनको प्रशंसा गरेका हुन्।

‘देश बनाउनु पर्छ भनेर सबैले भन्छन्, तर बनाउने प्रयास कसले गर्छरु त्यो नै महत्वपूर्ण हुन्छ,’ उनले लेखेका छन्, ‘बाबु सुधन गुरुङज्यूले जुन भूमिका निर्वाह गर्नुभएको छ, त्यो यो देशले १०० वर्षसम्म पनि बिर्सने छैन। लभ यू, ब्रदर।’

प्रकाशित: १५ पुष २०८२ ६:३७ | Tuesday, December 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast