‘म्यान अफ द गोरखा’ दौडको उपाधि सेनाका रोकायलाई

हिमाल प्रेस १४ पुष २०८२ ११:१२ | Monday, December 29, 2025
20
SHARES
‘म्यान अफ द गोरखा’ दौडको उपाधि सेनाका रोकायलाई

गोरखा- गोरखामा आयोजित ‘म्यान अफ द गोरखा’ दौड प्रतियोगिताको उपाधि नेपाली सेनाका राजन रोकायले जितेका छन्।

गोरखा उद्योग वाणिज्य संघ गोरखाले १२ औँ गोरखा महोत्सवको अवसरमा आयोजना गरेको प्रतियोगितामा कुल ८ किलोमिटर दूरी त्रिभुवन आर्मी क्लबका धावक रोकायले २९ मिनेट ३८ सेकेण्डमा पूरा गरेर उपाधि हात पारेका हुन्।

गोरखा नगरपालिका-५, स्थित ऐतिहासिक पस्लाङ चौताराबाट सुरु भएको दौड हनुमान भञ्ज्याङ हुँदै गोरखा दरबार परिसरमा समापन भएको थियो।

प्रतियोगितामा नेपाली सेनाकै गणेश रावलले ३० मिनेट १८ सेकेण्डमा दौड पूरा गर्दै दोस्रो भएको संघका अध्यक्ष भगवान् बाबु मास्केले जानकारी दिए।

त्रिभुवन आर्मी क्लबका अर्का धावक टंकबहादुर कार्कीले निर्धारित दूरी ३० मिनेट ५९ सेकेण्डमा पूरा गरेर प्रतियोगिता तेस्रो भएका छन्।

प्रतियोगितामा नेपाल प्रहरीका सन्तोषनाथ योगीले सान्त्वना स्थान प्राप्त गरेका छन्। उनले निर्धारित दूरी ३१ मिनेट २५ सेकेण्डमा पूरा गरेका थिए।

त्यस्तै, सशस्त्र प्रहरी वलकी धाविका आष्मा बिकले निर्धारित दूरी ४२ मिनेट १० सेकेन्डमा पूरा गरेर सान्त्वना स्थान हासिल गरिन्।

प्रतियोगितामा प्रथम हुनेलाई नगद रु ३० हजार, द्वितीयलाई रु २० हजार र तृतीयलाई रु १० हजार र सान्त्वनालाई रु ५ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ।

प्रकाशित: १४ पुष २०८२ ११:१२ | Monday, December 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast