सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार

हिमाल प्रेस २ पुष २०८२ १८:४२ | Wednesday, December 17, 2025
18
SHARES
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार

काठमाडौँ– ललितपुर महानगरपालिकाको १०७औँ स्थापना दिवसका अवसरमा सशस्त्र प्रहरी बल, नेपाल नं २१ दक्षिणकाली गणलाई ‘ललितपुर महानगर गौरव पुरस्कार’ द्वारा सम्मान गरिएको छ।

प्रधानमन्त्री सुशीला कार्कीले बुधबार ललितपुर महानगरपालिका पुल्चोकस्थित महानगरपालिकाको प्राङ्गणमा भएको महानगरपालिकाको १०७ औँ स्थापना दिवसको अवसरमा गणलाई उक्त पुरस्कार प्रदान गरेकी हुन्।

विपद् व्यवस्थापन तथा उद्धारमा गणले पु¥याएको योगदानको कदरस्वरुप महानगरपालिकाले एक लाख नगदसहित गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक राजेश लामिछानेलाई सम्मानपत्र प्रदान गरेको हो।

कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीलगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: २ पुष २०८२ १८:४२ | Wednesday, December 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast