नेपाली सेनामा पुजारी, नर्सिङ, मेकानिक्स, भिडिओग्राफरसहित विभिन्न पदमा आवेदन खुला

हिमाल प्रेस २६ मंसिर २०८२ ८:३३ | Friday, December 12, 2025
38
SHARES
नेपाली सेनामा पुजारी, नर्सिङ, मेकानिक्स, भिडिओग्राफरसहित विभिन्न पदमा आवेदन खुला

काठमाडौँ- नेपाली सेनाले नयाँ भर्ना खुलाएको छ। सेनाले शुक्रबार सूचना जारी गर्दै विभिन्न प्राविधिक पदहरूमा ३८८ जना कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो।

नर्सिङ, ओभरसियर, भेहिकल मेकानिक्स, भिडिओग्राफर, पुजारीलगायत विभिन्न स्वास्थ्य, इन्जिनियरिङ, प्राविधिक तथा हवाई समूहका पदहरू भर्ना गर्न दरखास्त मागिएको छ।

योग्यता भएका इच्छुक नेपाली नागरिकले आजदेखि पुस २६ गतेसम्म अनलाइन वा सम्बन्धित स्थानबाट दरखास्त दिन सक्नेछन्।

दरखास्त दस्तुर पदअनुसार ४००, ३०० र २०० रुपैयाँ तोकिएको छ। अन्य समूहका लागि दरखास्त दिँदा तोकिएको शुल्कमा २० प्रतिशत थप लाग्नेछ।

प्रकाशित: २६ मंसिर २०८२ ८:३३ | Friday, December 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast