हसिनालाई फिर्ता पठाउन माग गर्दै बंगलादेशमा भारतविरोधी प्रदर्शन

हिमाल प्रेस २ पुष २०८२ १९:५८ | Wednesday, December 17, 2025
22
SHARES
हसिनालाई फिर्ता पठाउन माग गर्दै बंगलादेशमा भारतविरोधी प्रदर्शन

काठमाडौँ- बंगलादेशको राजधानी ढाकास्थित भारतीय उच्चायोगतर्फ निकालिएको र्‍यालीलाई प्रहरीले बीचमै रोकिदिएको छ। यो र्‍याली ‘जुलाई युनिटी’ नामक संगठनको अगुवाइमा निकालिएको हो।

बीबीसीले जनाएअनुसार बुधबार दिउँसो प्रदर्शनकारीहरू भारतीय उच्चायोगतर्फ अगाडि बढिरहँदा प्रहरीले ब्यारिकेड लगाएर रोकेको हो।

पछिल्लो समय बंगलादेशमा भारतविरोधी प्रदर्शनहरू बढेका छन्। पूर्वप्रधानमन्त्री सेख हसिना भारतमा शरण लिइरहेको विषयलाई प्रदर्शनकारीहरू आक्रोशित भएका हुन्। उनीहरू हसिनालाई बंगलादेश फिर्ता पठाउनुपर्ने माग गरिहेका छन्।

बंगलादेशमा रहेका हिन्दू अल्पसंख्यकहरूको सुरक्षा र चिन्मय कृष्ण दासको गिरफ्तारीलाई लिएर भारतले व्यक्त गरेको चिन्तालाई प्रदर्शनकारीहरूले बंगलादेशको आन्तरिक मामिलामा हस्तक्षेप भनेको छ।

‘जुलाई युनिटी’ जस्ता समूहहरूले वर्तमान अन्तरिम सरकारको पक्षमा र पुरानो शासन व्यवस्थाको प्रभाव हटाउन प्रदर्शन गरिहेका छन्।

आफ्नो उच्चायोगलाई लक्षित गरेर प्रदर्शन भएपछि भारतको विदेश मन्त्रालयले नयाँ दिल्लीस्थित बंगलादेशी उच्चायुक्तलाई बोलाएर ढाका, चटगावँ र अन्य ठाउँमा रहेका भारतीय कूटनीतिक अधिकारी र कार्यालयहरूको सुरक्षाबारे चासो व्यक्त गरेको छ।

भारतको अगरतलामा रहेको बंगलादेशी कन्सुलेटमा भएको तोडफोडको घटनापछि बंगलादेशमा पनि भारतीय नियोगहरूविरूद्ध प्रदर्शन भएको हो।

बंगलादेशको अन्तरिम सरकारले भारतीय नियोगहरूको सुरक्षा सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ। तर, सडकमा प्रदर्शनकारीहरूको भीडलाई नियन्त्रण गर्न सुरक्षाकर्मीलाई हम्मे परेको छ।

प्रकाशित: २ पुष २०८२ १९:५८ | Wednesday, December 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast