जेनजी आन्दोलनको दुई दिनमै अर्को प्रतिगमन भयो : लिङ्देन

हिमाल प्रेस २३ मंसिर २०८२ १८:०८
8
SHARES
जेनजी आन्दोलनको दुई दिनमै अर्को प्रतिगमन भयो : लिङ्देन राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जेनजी आन्दोलनको दुईदिन नबित्दै मुलुकमा फेरि अर्को प्रतिगमन भएको बताएका छन्।

मंगलबार काठमाडौँमा पार्टीले आयोजना गरेको जनप्रदर्शन र सभालाई सम्बोधन गर्दै लिङ्देनले जेनजी आन्दोलनको म्याण्डेटविपरित गएर पुरानै व्यवस्था र प्रणालीमा निर्वाचनको मिति तोकेर आन्दोलनको दुई दिन नबित्दै मुलुकमा फेरि अर्को प्रतिगमन भएको बताएका हुन्।

नयाँ निर्वाचन प्रणाली र शासकीय प्रणालीका साथै संवैधानिक अंगको नियुक्ति प्रक्रियालगायत जेनजी आन्दोलनका मागलाई सम्बोधन नगरेसम्म व्यक्ति परिवर्तन भए पनि मुलुकलाई अघि बढाउन नसकिने उनले बताए। अध्यक्ष लिङ्देनले अहिलेको व्यवस्थाअन्तर्गत निर्वाचन गराउनु भनेको समस्याको समधान नभएको जिकिर गरे।

उनले मुलुकलाई अहिलेको अवस्थाबाट निकास दिनका लागि राजा, राजनीतिक दल र जेनजी पुस्तासहितको सर्वपक्षीय सम्मेलन आयोजना गर्न आग्रह गरे। देशले यो भन्दा ठूलो द्वन्द्व बेहोर्न नसक्ने भन्दै लिङ्देनले सबै प्रकारका आग्रह, पूर्वाग्रह र अहंकार त्यागेर नवीनतम सम्झौता हुनुपर्नेमा जोड दिए।

उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र अभिभावकीय संस्थाको रुपमा राजा रहने व्यवस्था गरेर जानुको विकल्प नरहेको बताए। सबैकुरा मिलाएर जानसके पाँच वर्षभित्र देशमा आमूल परिवर्तन हुने उनले बताए।

प्रकाशित: २३ मंसिर २०८२ १८:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast