भारतीय वनमा घाँस काट्न गएकी वृद्धाको बाघको आक्रमणबाट मृत्यु

हिमाल प्रेस १३ पुष २०८२ १६:५१ | Sunday, December 28, 2025
32
SHARES
भारतीय वनमा घाँस काट्न गएकी वृद्धाको बाघको आक्रमणबाट मृत्यु फाइल तस्बिर।

महेन्द्रनगर- कञ्चनपुरको पुर्नवास नगरपालिका–६ का एक वृद्धाको बाघको आक्रमणमा परी मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्र कार्कीले शनिबार भारतको दुधुवा नेसनल पार्कमा घाँस काट्न गएकी पुनर्वास नगरपालिका-६ का ७० वर्षीया सुना निरौलाको बाघको आक्रमणमा परी मृत्यु भएको खबर प्राप्त भएको जानकारी दिए।

‘सीमाक्षेत्रबाट करिब अढाई किलोमिटरभित्र बाघले वृद्धाको ज्यान लिएको खबर पाइएको छ,’ उनले भने, ‘दाउरा घाँसका लागि जंगलमा हिजो गएको भन्ने स्थानीयले खबर गरेका छन्।’

प्रहरीले घटनास्थल भारतीय क्षेत्रमा भएकाले आवश्यक प्रक्रिया पनि उतैबाट हुने जनाएको छ। ‘आवश्यकताअनुसार भारतीय पक्षले हामीसँग पनि समन्वय गर्नेछ,’ प्रहरी निरीक्षक कार्कीले भने, ‘तर भारतीय पक्षबाट अहिलेसम्म केही खबर आएको छैन।’ रासस

प्रकाशित: १३ पुष २०८२ १६:५१ | Sunday, December 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast