बालुवाटारमा सर्वपक्षीय बैठक

हिमाल प्रेस १९ मंसिर २०८२ १७:१८
24
SHARES
बालुवाटारमा सर्वपक्षीय बैठक

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बोलाइएको सर्वपक्षीय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको वातावरण निर्माण र आवश्यक तयारीबारे छलफल गर्न  बैठक बोलाइएको हो।

बैठकमा सरकारका प्रतिनिधि, प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत दलका नेताहरू सहभागी छन्।  निर्वाचन आयोगका पदाधिकारी तथा सुरक्षा निकायका प्रमुखहरूलाई पनि बाेलाइएको छ।

सर्वपक्षीय बैठकमा आगामी निर्वाचनको तयारी, सुरक्षा व्यवस्था, आचारसंहिता कार्यान्वयन, चुनावी वातावरणका चुनौती र समन्वयका विषयमा छलफल भइरहेको छ।

आगामी माघ ११ गते राष्ट्रियसभा निर्वाचन र फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन तोकिएको छ।

प्रकाशित: १९ मंसिर २०८२ १७:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast