म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ को मृत्यु

हिमाल प्रेस २५ मंसिर २०८२ १२:४७ | Thursday, December 11, 2025
6
SHARES
म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ को मृत्यु

म्यान्मा- म्यानमाको अस्पतालमा भएको सैन्य हवाई आक्रमणमा ३० जना भन्दा बढीको ज्यान गएको एक जना सहायता कार्यकर्तालाई उदृत गर्दै एएफपीले जनाएको छ।

म्यानमाको गृहयुद्ध सुरु भएदेखि जुन्टाले हवाई आक्रमण बढाएको द्वन्द्व पर्यवेक्षकहरूले बताएका छन्। एक सैन्य जेटले बुधबार साँझ बंगलादेशको सिमानामा रहेको पश्चिमी राखाइन राज्यको म्राक-यूको अस्पतालमा बम प्रहार गरेको अस्पतालका सहायता कर्मी वाई हुन आङको भनाइ छ।

उनका अनुसार अवस्था निकै डरलाग्दो भएको र ६८ जना घाइते भएकाले थप मानिसहरूको मृत्यु हुन सक्ने अवस्था छ। अस्पताल बाहिर जमिनमा कम्तीमा २० वटा शव देखिएको जनाइएको छ।

प्रकाशित: २५ मंसिर २०८२ १२:४७ | Thursday, December 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast