रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकता गर्ने सहमति (पत्रसहित)

हिमाल प्रेस १४ पुष २०८२ २१:०८ | Monday, December 29, 2025
8
SHARES
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकता गर्ने सहमति (पत्रसहित) पुस १४ गते रास्वपासँग एकीकरणको सहमति भएपछि रास्वपाका नेता गणेश पराजुली, काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह, उज्यालो पार्टीका कुलमान घिसिङ र रास्वपाका सभापति रवि लामिछाने। कुलमान शनिबार रास्वपाबाट बाहिरिएका छन्।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी सँग कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीबीच एकता गर्ने सहमति भएको छ।

सहमतिपत्रमा रास्वपा सभापति रवि लामिछाने, उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्याय र साक्षीका रूपमा बालेन्द्र शाहले हस्ताक्षर गरेका छन्।

सहमतिअनुसार कुलमानलाई सभापति रवि लामिछानेपछिको दोस्रो वरीयतामा राखेर उपसभापति पद दिइनेछ। त्यसपछि उपसभापतिमा डीपी अर्याल र डा. स्वर्णिम वाग्ले रहनेछन्।

साथै १८ जना उनको टिमबाट समानुपातिक सूचीमा समावेश गर्ने पनि मौखिम सहमति भएको बताइएको छ। यसअघि बालेन्द्र शाह (बालेन) लाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने गरी सहमति भइसकेको छ।

प्रकाशित: १४ पुष २०८२ २१:०८ | Monday, December 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast