काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी सँग कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीबीच एकता गर्ने सहमति भएको छ।
सहमतिपत्रमा रास्वपा सभापति रवि लामिछाने, उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्याय र साक्षीका रूपमा बालेन्द्र शाहले हस्ताक्षर गरेका छन्।
सहमतिअनुसार कुलमानलाई सभापति रवि लामिछानेपछिको दोस्रो वरीयतामा राखेर उपसभापति पद दिइनेछ। त्यसपछि उपसभापतिमा डीपी अर्याल र डा. स्वर्णिम वाग्ले रहनेछन्।
साथै १८ जना उनको टिमबाट समानुपातिक सूचीमा समावेश गर्ने पनि मौखिम सहमति भएको बताइएको छ। यसअघि बालेन्द्र शाह (बालेन) लाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने गरी सहमति भइसकेको छ।

प्रकाशित: १४ पुष २०८२ २१:०८
प्रतिक्रिया




