कुलमानलाई रास्वपाको उपसभापति बनाउने सहमति

हिमाल प्रेस १४ पुष २०८२ २०:१८ | Monday, December 29, 2025
44
SHARES
कुलमानलाई रास्वपाको उपसभापति बनाउने सहमति

काठमाडौँ- उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङलाई रास्वपाको उपसभापति बनाउने सहमति भएको छ।

रास्वपा सभापति रवि लामिछानेसँग भएको सहमतिअनुसार कुलमानलाई पार्टीको उपसभापति बनाइने भएको हो।

साथै १८ जना उनको टिमबाट समानुपातिक सूचीमा समावेश गर्ने सहमति भएको रास्वपा स्रोतले बताएको छ।

सहमतिपत्रमा रास्वपा सभापति रवि लामिछाने र कुलमान घिसिङले हस्ताक्षर गर्ने तयारी छ। यसअघि बालेन्द्र शाह (बालेन) लाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने गरी सहमति भइसकेको छ।

प्रकाशित: १४ पुष २०८२ २०:१८ | Monday, December 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast