मधेश प्रदेश सभामुखमा यादवको नाममा सहमति

हिमाल प्रेस ५ पुष २०८२ १२:४७ | Saturday, December 20, 2025
16
SHARES
मधेश प्रदेश सभामुखमा यादवको नाममा सहमति

जनकपुरधाम- मधेश प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामआशीष यादवको नाममा सहमति भएको छ। सत्तारूढ सात राजनीतिक दलको आज बसेको बैठकबाट सभामुख पदका लागि यादवको नाममा सहमति जुटेको जसपा नेपाल संसदीय दलका नेता सरोज यादवले जानकारी दिएका छन्।
मधेश प्रदेशमा आज सभामुख पदका लागि उम्मेदवारी दर्ताको कार्यतालिका रहेको छ।

मधेश प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको समयतालिकाअनुसार आज अपराह्न १ बजे उम्मेदवारी दर्ता गर्न उनले बताए ।
कार्यतालिका सार्वजनिक भएपछि बसेको राजनीतिक दलहरूको बैठकले सभामुखका लागि यादवको नाममा अन्तिम टुङ्गो लगाएको हो।  सहमति अनुसार यादवले उम्मेदवारी दर्ता गराउने कार्यक्रम रहेको छ।

यसअघि मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डललाई पदआचरण उल्लङ्घन गरेको आरोपमा पदमुक्त गरिएपछि सभामुख पद रिक्त रहेको थियो। रिक्त पदका लागि भोलि ३ बजे निर्वाचन हुने भएको छ।

प्रकाशित: ५ पुष २०८२ १२:४७ | Saturday, December 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast