चौतर्फी आलोचनापछि रास्वपा नेताले भने : समानुपातिक सूचीका गल्ती सच्याइने छ

हिमाल प्रेस १६ पुष २०८२ ९:२१ | Wednesday, December 31, 2025
20
SHARES
चौतर्फी आलोचनापछि रास्वपा नेताले भने : समानुपातिक सूचीका गल्ती सच्याइने छ रास्वपा सांसद गणेश पराजुली

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक सूचीमा राखेका व्यक्तिलाई लिएर अहिले चौतर्फी आलोचना भइरहेको छ। उम्मेदवार छनोट न्यायोचित नभएको भन्दै रास्वपाको विरोध भइरहेको छ।

आगामी फागुन २१ का लागि तोकिएको चुनावका लागि सोमबार बेलुका रास्वपाले समानुपातिकतर्फको बन्दसूची बुझाएको थियो। जहाँ लोकप्रिय र ‘हुनेखानेहरू’ समेटिएको भन्दै आलोचना भएपछि रास्वपा नेता गणेश पराजुलीले सोही सूची सच्याउने प्रतिबद्धता जनाएका छन्।

‘सहमति अत्यावश्यक थियो, अन्तिम समयमा महत्त्वपूर्ण काम भए। समानुपातिक सूचीमा भएका गल्तीलाई सच्याइनेछन्। सुशासन र विधि हाम्रो जग हो।’ उनले भनेका छन्। रास्वपाका उम्मेदवारप्रति अहिले पार्टीभित्र र बाहिरबाट आलोचना भइरहेका छन्।

वैकल्पिक शक्ति मानिएको रास्वपाले उम्मेदवार छनोट प्रक्रियामा ध्यान नपुर्‍याउँदा पुराना पार्टी जस्तै बनेको आरोप लागिरहको छ।

प्रकाशित: १६ पुष २०८२ ९:२१ | Wednesday, December 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast