घरमै मन्त्री आएपछि देउवाले भने- कांग्रेसको पहिलो प्राथमिकता आमनिर्वाचन

हिमाल प्रेस ११ पुष २०८२ ११:५५ | Friday, December 26, 2025
38
SHARES
घरमै मन्त्री आएपछि देउवाले भने- कांग्रेसको पहिलो प्राथमिकता आमनिर्वाचन

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी आगामी फागुन २१ गते हुने निर्वाचनमा भाग लिने तयारीमा जुटिसकेको बताएका छन्।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग आज आफ्नै निवास महाराजगन्जमा भएको भेटमा उनले निर्वाचनमा भाग लिने निर्णय आफ्नो पार्टीले गरेको र कांग्रेसको प्राथमिकतामा पनि निर्वाचन नै भएको बताएका हुन्।

साथै सभापति देउवाले स्वतन्त्र एवं निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गर्न सरकारले उचित वातावरण बनाउनुपर्ने सुझाव दिएको राजनीतिक संवाद समितिका सदस्यसमेत रहेका मन्त्री खरेलले बताए।

प्रकाशित: ११ पुष २०८२ ११:५५ | Friday, December 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast